एजेन्सी, २४ वैशाख । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा फेरि आपतकाल लागू गरिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले आज ( मे ६ ) मध्यरातबाट लागू हुनेगरि संकटकाल घोषणा गरेका हुन्।
राष्ट्रपति गोटाबाया राजापाक्षेले वैशाख मे ६ मा बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि यस्तो निर्णय गरेका हुन्। यसअघि राष्ट्रपतिले अप्रिल २ मा पनि संकटकाल लगाएका थिए, जुन अप्रिल ५ गते हटाइएको थियो।
प्रेसिडेन्टियल मिडिया युनिटको अनुसार राष्ट्रपति राजापाक्षेले तीन विषयमा केन्द्रित भएर संकटकाल लगाउने निर्णय गरेका छन्।
श्रीलङ्का हाल गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा जनताले औषधि तथा दैनिक प्रयोगका सामग्री किन्न धेरै समस्या भोगिरहेका छन्। सोहि कारण सडकमा निस्किएका जनताले राष्ट्रपतिविरुद्ध लगातार प्रदर्शन गरिरहेका छन् । आन्दोलनरत जनताले सरकारको राजीनामा मागेका छन्।
उक्त निर्णयको एक दिनअघि कोलम्बोमा संसद बाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकारीले देशव्यापी बन्दको आह्वान गरेका थिए। त्यसपछि काम ठप्प भएको थियो।
श्रीलंकाले अन्य देशबाट खाद्यान्न, इन्धन र औषधि ल्याइरहेको छ तर त्यो पर्याप्त छैन। यसैबीच, एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनले कहिलेकाहीँ हिंसात्मक रुप लिएको छ। आपतकाल लागू गरिए पनि सो समयमा पालन गर्नुपर्ने नियम अझै सार्वजनिक गरिएको छैन।
यसअघि आपतकालिन लागू भएपछि राष्ट्रपति गोटाबायाराजापाक्षेले सडक, पार्क, रेल, समुद्र तट जस्ता सार्वजनिक स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाउने सूचना जारी गरेका थिए।
कोलम्बोमा आपतकाल लगाएको विषयमा क्यानडाका राजदूतले भने प्रश्न उठाएका छन्। ुविगत केही हप्तामा ठूलो संख्यामा मानिसहरू देशको लोकतन्त्रको सम्मान गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा सामेल भएको अवस्थामा आपतकाल घोषणा गर्नु उचित नभएको उनको भनाई छ ।