उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

  • बुधबार, बैशाख २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

प्योङयाङ, २१ वैशाख । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।

आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् ।

‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागर ९जापानको सागर० तर्फ प्रहार गरेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाका प्रक्षेपणसम्बन्धी गतिविधि ट्र्याक गरेको छ ।

उत्तर कोरियाको परीक्षणको जापानले पनि पुष्टि गरेको छ । जापानको तटीय गार्डले पनि उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ