संसद भित्रै अस्लील फिल्म हेर्ने बेलायती सांसद पार्टीबाट निलम्वित, सांसदबाट राजीनामा

संसद भित्रै अस्लील फिल्म हेर्ने बेलायती सांसद पार्टीबाट निलम्वित, सांसदबाट राजीनामा

  • आइतवार, बैशाख १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

लन्डन, १८ वैशाख

बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् ।

हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ ।

यस विषयमा अनुसन्धान सुरु गरिएको छ । उनले .सासदबाट राजीनामा पनि दिएका छन् ।

शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो ।
‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ । यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई धन्यवाद दिन्छु’, पेरिशले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ