युक्रेन संकटः रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

युक्रेन संकटः रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

  • बुधबार, बैशाख १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी, १४ वैशाख ।  रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् ।

पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेकाे जनाएको छ । तर, तत्काल भन्डार आवश्यक नभएको र आफ्नो ग्यास भन्डारण ७६ प्रतिशत रहेकाे वार्साले प्रष्ट पारेकाे छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । साेही बमाेजिम केही खरीदकर्ताहरूले रुबलमा भुक्तानी गरेका छन् ।

क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो ।

रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै अनुबंधात्मक दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रीसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।

यसैबीच, पूर्वी युरोपको मोल्डोभामा पनि तनाव बढेको छ । ट्रान्सडनिस्ट्रिया क्षेत्रका मस्को समर्थित अधिकारीहरूले त्यहाँ श्रृंखलाबद्ध आक्रमण भएको बताएपछि मस्कोले युरोपलाई ब्ल्याकमेल गरेको र मोल्डोभालाई द्वन्द्वमा तान्न खोजेको युक्रेनले आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ