एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने

  • मङ्लबार, बैशाख १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

१३ बैशाख । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ ।

सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफा लिन सकेन । यद्यपी ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।

हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताएका छन्। उनले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि आव्हान गरेका छन्।

फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी