अमेरीकाका कारण तेस्रो विश्वयुद्धको वास्तविक खतरा बढेको रुसको चेतावनी

अमेरीकाका कारण तेस्रो विश्वयुद्धको वास्तविक खतरा बढेको रुसको चेतावनी

  • मङ्लबार, बैशाख १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

मस्को, १३ वैशाख । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् ।

विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ । यो वास्तविक हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’

वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ । ’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ