राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

  • मङ्लबार, बैशाख १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

न्युयोर्क, १३ वैशाख ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए ।
उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए ।

रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे रु भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे ’
आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे । ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ