विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

किभ, १२ वैशाख । गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई ९सिप्री० नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो ।

अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०।७ प्रतिशतले बढेको हो । अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको छ ।

‘कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’, सिप्रीका डा। डिएगो लोपेज दा सिल्भाले भने ।

सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १।४ प्रतिशतले कम हो । तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ ।

हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २।९ प्रतिशतले बढाएर ६५।९ अर्ब डलर पुर्‍याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ