बैशाख ११ एजेन्सी । रुसले युक्रेनको ओडेसामा भण्डारण गरिएको अमेरीका तथा नेटो देशबाट आएका हतियार राखेको भण्डार नष्ट पारेको दावी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले लामो दुरीको क्षेप्यास्त्र प्रहार गरी ठूलो परिणाममा विदेशी हतियार राखिएको स्टोर ध्वस्त पारेको दावी गरेको छ ।
युक्रेनलाई हतियार अमेरीका र युरोपले दिँदै आएका छन् ।
यता युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले सो आक्रमणका क्रममा रुसले ६ वटा क्षेप्यास्त्र हानेको , दुई वटा डिफेन्स सिस्टमबाट ध्वस्त पारिएको , दुई वटा हतियार भण्डारणमा खसेको र दुई वटा नागरिक अपार्टमेन्टमा खसेको र त्यसबाट तीन महिनाको बच्चा सहित ६ जनाको मृत्यु भएको बताएका छन् ।
उनले भिडियो सन्देश जारी गर्दै मारिउपोलमा रहेका युक्रेनी अन्तिम रक्षकहरु मारिए रुससँगको वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् ।
उनले बंकरमा बसेका सवसधारण र युक्रेनी सेनाको रक्षाको अपील गर्दै यस्तो चेतावनी दिएका हुन् ।
मारिउपोल युक्रेनको रणनीतिक महत्वको बन्दरगाह शहर हो । यसलाई कब्जा गरेको रुसले घोषणा गरेको छ ।