बैशाख ९ एजेन्सी । युक्रेनको समुन्द्रसँग जोडिएको महत्वपूर्ण बन्दरगाह शहरलाई रुसले कब्जा गरेपछि एजोभस्टील प्लान्टको बंकरमा लुकेर बसिरहेका युक्रेनी सेनालाई रुसले पुनः नयाँ अफर दिएको छ ।
दुई पटक सम्म आत्मसमर्पण गर्न दिईएको समयसीमा सकिएपछि सो कारखानाको बंकरमा लुकेका युक्रेनी सेना र विदेशी लडाकुलाई निशस्त्र रुपमा निस्किए सुरक्षित रुपमा गन्तव्यमा जान दिने अफर गरिएको हो ।
१० किलो मिटर क्षेत्रमा फैलिएको सो कारखानाको बंकरहरुमा २ हजार जति युक्रेनी सेना र केही नागरिक बसेका छन् । उनीहरुलाई चारैतिरबाट रुसी सेनाले घेराबन्दी गरेको छ ।
अहिले सम्म १८ सय बढी युक्रेनी सेनाले आत्मसमर्र्पण गरीसकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसी सेनाले भीषण हमला गरेर सो कारखानामा रहेका युक्रेनी सेनालाई कब्जा गर्ने तयारी गरेपनि राष्ट्रपति भ्लादीमीर पुटिनले तत्काल कार्बाही रोक्न र घेराबन्दी कसिलो पार्न निर्देशन दिएका थिए ।