बैशाख ९ एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रसियाका राष्ट्रपति भ्लादीमीर पुटिन गोही जस्ता भएको र उनले युक्रेनको खुट्टा चपाईरहेको टिप्पणी गरेका छन् ।
भारत भ्रमणमा रहेका जोनसोनले संवाददताहरुसँग कुरा गदै युक्रेनले यस्तो अवस्थामा रुससँग वार्ता नगर्ने भन्दै आर्टिलरी र अरु घातक हतियार दिने बताए ।
हाल सम्म अमेरीका, बेलायत लगायत नेटो सदस्य देशहरुले अर्र्बौ डलरको हतियार युक्रेनलाइ दिइसकेका छन् ।
युक्रेनलाई समुन्द्री मार्गमा जोड्ने मुख्य शहर मारिउपोल रुसले कब्जाको घोषणा गरेका दिन जोनसोनले उक्त टिप्पणी गरेका हुन् ।
जोनसोन अहिले भारत भ्रमणका क्रममा रहेका छन् । अमेरीका बेलायत सहित नेटो देशहरुले रुसमाथि विभिन्न प्रतिवन्ध लगाउदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline