रुसले अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्यो

रुसले अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्यो

  • बिहिबार, बैशाख ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

रुसले अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्यो
बैशाख ८ एजेन्सी । रुसले युक्रेनमा युद्ध जारी रहेका बेला एक अत्याधुनिक अन्तरमहादेशीय ब्यालेष्टीक मिसाईल परीक्षण गरेको छ । आरएस २८ सरमाट नामक यो क्षेप्यास्त्र देशको उत्तरी क्षेत्रमा सफलतापूर्वक परीक्षण गरिएको रुसी सेनाले जनाएको छ ।
यो क्षेप्यास्त्र परीक्षण सफल भएपछि राष्ट्रपति भ्लादीमीर पुटिनले सेनालाई धन्यवाद दिएका छन् ।
यो क्षेप्यास्त्रले पुरै रुसी आकाशलाई चक्कर लगाएपछि विष्फोट गराईएको थियो ।
यो क्षेप्यास्त्रले वारहेड, हाईपरसोनिक मिसाईल, अन्य थुप्रै हतियारहरु एकसाथ लिएर जाने क्षमता रहेको छ ।
यसले १८ हजार किलो मिटर दुरीसम्म एक घण्टा भित्रै प्रहार गर्न सक्छ ।
यो अनौठो र शक्तिशाली हतियार पछि रुसी सेनाको क्षमतामा बृद्धि भएको र दुष्मनले रुसलाई धम्क्याउनु अघि दुई पटक सोच्ने बताएका छन् । यो हतियार यसै वर्ष रुसी सेनामा सामेल हुँदैछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ