युक्रेन संकटः १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरीमा धकेलिने

युक्रेन संकटः १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरीमा धकेलिने

  • सोमवार, बैशाख ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी, ५ वैशाख ।  युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

‘हामी सबैले युक्रेनमा देखापरेको त्रासदी देखेका छौँ । तर, युद्धले सीमानाबाहिर विकासोन्मुख देशहरूमा मौन आक्रमण सुरु गरेको छ । यो संकटले १ दशमबल ७ अर्ब मानिसलाई गरिबी र भोकमरीमा धकेल्नेछ’, एक अन्तवार्तामा गुटेरेसले भने ।

युक्रेन र रुसले गहुँ र जौको विश्व उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छन् । विश्वमा उत्पादन हुने मकैको कुल परिमाणमध्ये पाँच भागको एक भाग यी देशमा उत्पादन हुन्छ । त्यस्तै, विश्वमा उत्पादन हुने सूर्यमुखी तेलमध्ये आधाभन्दा बढी तेल यी दुई देशले उत्पादन गर्छन् । ४५ अति कम विकसित देशहरूमा आयात हुने गहुँको एक तिहाइभन्दा बढी परिमाण रुस र युक्रेनमा उत्पादन हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ