बैशाख ४ एजेन्सी ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । ३२ वर्षीय प्रज्वल विक्रम विष्टको गाडीमा अर्को गाडीले ठक्कर दिँदा मृत्यु भएको त्याहाँको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टरमा उपचार भईरहेको छ ।
प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो ।
उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline