युक्रेनको मारिउपोल शहर रुसको कब्जामा, बंकरमा लुकेका सेनालाई आत्मसमर्पण गर्न चेतावनी

युक्रेनको मारिउपोल शहर रुसको कब्जामा, बंकरमा लुकेका सेनालाई आत्मसमर्पण गर्न चेतावनी

  • आइतवार, बैशाख ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

बैशाख ३ एजेन्सी । पुर्वी युक्रेनको बन्दरगाह शहर मारिउपोललाई रुसले कब्जा गरेको छ । ४ लाख ५० हजार जनसंख्या रहेको शहरलाई पूर्ण नियन्त्रणमा रहेको र एउटा स्टील प्लान्टको बंकरमा लुकेर बसेका हजारौँ युक्रेनी सेना , विदेशी लडाकु र स्थानीय लडाकुलाई आत्मसमर्पण गर्न रुसले चेतावनी जारी गरेको छ ।

रुसी रक्षा अधिकारीहरुका अनुसार बंकरमा लुकेका केही सेना र लडाकुलाई खाना र पानीको अभाव भइसकेको र उनीहरु आत्मसमर्पणका लागि किभसँग अनुमति मागिरहेका छन् ।
उनीहरुलाई हतियार बुझाएर सेतो झण्डा सहित अगाडी आउन अपील गर्दै उनीहरुको जीवन रक्षा गर्ने रुसी सेनाले बाचा गरेको छ ।

यस अघि ११६० युक्रेनी सेनाले एकै दिन गत हप्ता आत्मसर्पण गरेको थियो ।
युक्रेनका राष्ट्रपति जेलेन्सकीले पनि मारिउपोल नियन्त्रण गर्न अब कठिन हुने स्वीकार्दै आएका थिए ।
करीब दुई महिना यताको संघर्षमा मारिउपोलमा मात्रै ४ हजार युक्रेनी सेनाको मृत्यु भएको रुसको दाबी छ ।
युक्रेनले रुसी भूमिमा बमबारी गरेपछि र एउटा युद्धपोत काला सागरमा डुबेपछि रुसले पुनः राजधानी किभ , ईलविव सहितका शहरमा ब्यापक हमला शुरु गरेको छ ।
यस युद्धमा हाल सम्म दशौँ हजार सेना, नागरिकको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ