युद्धपोत डुबेपछि रुसद्धारा युक्रेन बिरुद्ध थप आक्रमण, क्षेप्यास्त्र कारखाना ध्वस्त, दर्जनौ विदेशी लडाकु मारिए

युद्धपोत डुबेपछि रुसद्धारा युक्रेन बिरुद्ध थप आक्रमण, क्षेप्यास्त्र कारखाना ध्वस्त, दर्जनौ विदेशी लडाकु मारिए

  • शुक्रबार, बैशाख २, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

बैशाख २ एजेन्सी । काला सागरमा आफ्नो युद्धपोत डुबेपछि रुसले युक्रेनमाथि थप आक्रमण गरेको छ । रुसी सेनाले लामो दुरीको क्षेप्यास्त्र मार्फत युक्रेनको राजधानी किभ नजिक रहेको क्षेप्यास्त्र निर्माण तथा मर्मत उद्योगलाई ध्वस्त बनाएको छ ।

साथै सुखाई ४०० डिफेन्स सिस्टम मार्फत रुसमा आक्रमण गर्न प्रयोग गरिएको युक्रेनको हेलिकप्टर र अन्य अमेरीकी क्षेप्यास्त्रहरु नष्ट पारेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

यसै गरी रुसी सेनाले युक्रेनको मारिउपोल शहर लगभग नियन्त्रणमा आएको दाबी गरेको छ । युद्ध शुरु भएको ५० औँ दिनमा हजारौँ युक्रेनसी सेनाले आत्मसमर्पण गरेपछि सो शहर रुसी सेनाको नियन्त्रण नजिक पुगेको छ ।

यसै गरी खारकिभ क्षेत्रमा रुसी सेनाको कार्बाहीमा ३० जना विदेशी लडाकु मारिएको रुसको दाबी छ । मारिने ती विदेशी सेनामा पोल्याण्डका रहेको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ