चीनबाट आक्रमणको डरः ताईवानले बाँड्यो युद्धमा बाँच्ने कला समेटिएको हाते पुस्तिका

चीनबाट आक्रमणको डरः ताईवानले बाँड्यो युद्धमा बाँच्ने कला समेटिएको हाते पुस्तिका

  • बुधबार, चैत्र ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

चैत्र ३० एजेन्सी । चीनबाट संभावित आक्रमणको त्रासमा रहेको ताईवानले नागरिकका लागि युद्धमा बाँच्ने कला समेटिएको हाते पुस्तिका बितरण गर्न थालिएको छ । एजेन्सीहरुका अनुसार ताईवानले चीनले सैन्य आक्रमण गर्न सक्ने त्रासमा उक्त हाते पुस्तिका बाँडेको हो ।
ताईवानलाई चीनले आफ्नो अभिन्न अंग मान्दै आए पनि अमेरीकाको समर्थनमा ताइवानले आफूलाई अलग्गै स्वतन्त्र राष्ट्रको रुपमा दावी गर्दै आएको छ ।

हालैका दिनहरुमा अमेरीकाले अर्बौ डलरका हतियार, मिसाईल लडाकु विमान ताईवानलाई दिँदै आएको छ ।
सन् १९४९ मा कम्युनिष्ट पार्टीले चीन कब्जा गरेपछि तात्कालीन च्यागंकाई सेक भागेर ताईवान कब्जा गरेर बसेदेखि त्याहाँ एक देश दुई नीतिको रुपमा चीनले स्वीकारेको थियो ।
चीनले ताईवानलाई पुनएकीकरण गर्ने प्रतिवद्धता जनाउदै आएको छ । जसका लागि उसले आवस्यक परे सैन्य हस्तक्षेप गर्ने चेतावनी पनि दिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ