भारतमा केवलकारमा तीन दिन देखि फसेकाको अझै उद्धार हुन सकेन, एक जना हेलिकप्टरबाट हात खुस्किएर वेपत्ता !

भारतमा केवलकारमा तीन दिन देखि फसेकाको अझै उद्धार हुन सकेन, एक जना हेलिकप्टरबाट हात खुस्किएर वेपत्ता !

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन नसकेर संकटमा फसेका छन् ।

झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

केबलकारमा अड्किएकाहरूको अहिले सम्म उद्धार हुन सकेको छैन । ५ वटा ट्रलीमा अझै फसेका १५ जनालाई ड्रोनबाट खाना र पानी पुर्याईएको छ । भारतीय वायुसेनाको हेलिकप्टरबाट ३३ जनाको उद्धार भए पनि अन्यको बेहाल भएको छ ।
ट्रलीबाट खसेर अहिले सम्म तीन जनाको मृत्यु भएको छ । एक जना यात्रीको उद्धारका क्रममा ट्रलीबाट हेलिकप्टरमा चढ्ने क्रममा हात खुस्किएर वेपत्ता भएको भयानक दृष्य सार्वजनिक भएको छ ।

भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ