जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

  • सोमवार, चैत्र २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नयाँ दिल्ली, २८ चैत ।

भारतको जहवारलाल नेहरू युनिभर्सिटी ९जेएनयू० मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ ।

अखिल भारतीय विद्यार्थी परिषद् ९एबीभीपी०का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झडप भएको थियो ।

आइतबार होस्टल मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताइन् । झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । ‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन् ।

आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबीभीपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन् । ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उनले भने ।

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ ९जेएनयूएसयू० ले नियोजित ढंगले षड्यन्त्र गरेको उनले आरोप लगाए । यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ ।

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ‘हामीले हाम्रा टोलीहरू क्याम्पस बाहिर तैनाथ गरेका छौं । विश्वविद्यालयले अनुरोध गरे निश्चित रूपमा हाम्रा कर्मचारीहरू क्याम्पस भित्र तैनाथ गर्नेछौँ’, एक अधिकारीले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ