चैत्र २७ एजेन्सी । नेपालमा यस अघि सर्वोच्चले संसद पुनस्थापना गरेर प्रधानमन्त्री केपी ओली पदमुक्त भएकै शैलीमा पाकिस्तानमा पनि प्रधानमन्त्री ईमरान खान पदमुक्त भएका छन् ।
रातारात सर्वोच्च अदालत खुल्ला राखेर मध्यरातमा संसद पुनस्थापना गर्दै अविस्वासको प्रस्तावमा मतदान गर्न आदेश दिएपछि बहुमत सांसदले प्रधानमन्त्रीको बिपक्षमा मत दिएका थिए ।
सोही आधारमा करीब ४ वर्ष सरकार चलाएका पूर्व क्रिकेटर खान पदमुक्त भएका हुन् । अव विपक्षीहरुले नयाँ सरकार बनाउनेछन् ।
खानले अविस्वासको प्रस्ताव दर्र्ता भएपछि संसद विघटन गरी तीन महिना भित्र निर्वाचन गराउने घोषणा गरेका थिए । जसलाई सर्वोच्चले खारेज गरिदिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline