जर्मनीका वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप

जर्मनीका वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप

  • बिहिबार, चैत्र २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी, २४ चैत। जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ ।

नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए ।  खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए ।

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेका थिए ।

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए ।

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे । खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाइ खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए ।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ