चैत्र २२ एजेन्सी । रुसले युक्रेनको बुचामा नरसंहार गरेको भन्दै रुसको आलोचना भईरहेका बेला रुसले युक्रेनले फर्जि भिडियो बनाएर रुसलाई बदनाम गराउन प्रोपोगण्डा गरेको आरोप लगाएको छ ।
रुसी विदेशमन्त्री सरगेई लाभरोभले जुन भिडियो र तस्वीर सार्वजनिक गरियो त्यो झुटो भएको र त्यसलाई बनाईएको बताएका छन् । क्यानडा स्थित रुसी दुतावासले पनि एक भिडियो जारी गर्दै नक्कली शबहरुको भिडियो बनाएर प्रोपोगण्डा गरिएको दाबी गरेको छ ।
यो शब नक्कली भएको प्रमाणित गर्न रुसले जारी गरेको भिडियोमा एउटा शबलाई ढीलो गतिमा देखाउने प्रयास गरिएको छ । जसमा त्यो शबको हात आफै चलेको देखिन्छ ।
जुन शब युक्रेनले देखाएको छ , ३० मार्चमै रुसी सेनाले बुचा छाडेको तर अहिले पनि ती शब जस्ताको तस्तै देखिन्छ । यदी त्यो वास्तविक शब भए चार दिनमा गल्नु पर्ने हो, कुहिनु पर्ने हो तर किन जस्ताको तस्तै छ ? रुसले प्रश्न गरेको छ ।
रुसी सेनाले सैन्य संरचनालाई मात्र लक्षित आक्रमण गरेको भन्दै नागरिकलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।