श्रीलंकाका २६ जना मन्त्रीद्धारा सामुहिक राजीनामा

श्रीलंकाका २६ जना मन्त्रीद्धारा सामुहिक राजीनामा

  • सोमवार, चैत्र २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२१ चैत, काठमाडौं । आर्थिक संकटमा फसेपछि श्रीलंकाका २६ जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।

खाद्यान्न अभाव र बढ्दो महंगीको बिरोधमा जनताको प्रदर्शनकाबीच २६ जना मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री राजापाक्षेका छोरा समेत रहेका छन् । मन्त्रीहरुको राजीनामाले सरकार थप अप्ठ्यारोमा परेको छ ।

यद्दपी राजीनामा दिएका मन्त्रीहरुले जनता र सरकारको स्थायीत्वका लागि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । श्रींलकामा पछिल्लो समय राजधानी कोलोम्बो लगाएतका शहरहरुमा प्रदर्शकारीहरुले कर्फ्यू उलंघन गर्दा ६ सय ५० जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

सरकार विरोधी प्रदर्शन चर्कदै गएपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरिएको थियो । औषधी, खाद्यान्न र इन्धन लगायत अत्यावश्यक सामग्रीको अभाव भएपछी सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।

त्यसलाई नियन्त्रणमा राख्नका लागि सरकारले सामाजिक सञ्जालको पहुँचमा पनि अवरोध गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत बिहिबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । लगातार रुपमा भइरहेको सरकार विरुद्धका प्रदर्शनबाट त्यहाँको जनजीवन थप अस्तब्यस्त बनेको छ ।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछीको सबैभन्दा खराब रुपमा आर्थिक संकटसँग जुधिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ