पाकिस्तानमा संसदले प्रधानमन्त्री बिरुद्धको अविस्वास प्रस्ताव खारेज गरे लगत्तै संसद भंग

पाकिस्तानमा संसदले प्रधानमन्त्री बिरुद्धको अविस्वास प्रस्ताव खारेज गरे लगत्तै संसद भंग

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

चैत्र २० काठमाण्डौँ । पाकिस्तानी संसदमा प्रधानमन्त्री ईमरान खान बिरुद्ध दर्ता भएको अविस्वास प्रस्ताव खारेज भए लगत्तै आज त्याहाँको संसद भंग गरिएको छ । प्रधानमन्त्री ईमरान खानको सिफारीसमा राष्ट्रपतिले संसद भंग गरेका हुन् ।

केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए ।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए ।

पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ।

राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने छ ।
राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ईमरान खानले पाकिस्तानको भविष्य देशका जनताले गर्ने भन्दै कुनै पनि विदेशी हस्तक्षेप मान्य नहुने चेतावनी दिए ।
उनले केही दिन अघि अमेरीकाले आफूलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाएका थिए ।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ