पाकिस्तानी प्रधानमन्त्री ईमरान खान बिरुद्ध परेको अविस्वासको प्रस्तावमा आज संसदमा मतदान हुँदै

पाकिस्तानी प्रधानमन्त्री ईमरान खान बिरुद्ध परेको अविस्वासको प्रस्तावमा आज संसदमा मतदान हुँदै

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चैत्र २० काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ ।

पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ ।

अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका छन् ।

आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि प्रधानमन्त्री खानले आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए ।

सत्ता सहयात्री केही दलहरु विपक्षी मोर्चामा आवद्ध भएकाले ३ सय ४२ सदस्य रहेको तल्लो सदनमा सत्तारुढ तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले बहुमत गुमाएको छ ।

पूर्व क्रिकेटर प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने र अन्तिम बल रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।
उनले आफ्रूलाई सत्ताबाट हटाउन अमेरीका लागि परेको दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ