रुसद्धारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा, सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह

रुसद्धारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा, सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह

  • बिहिबार, चैत्र १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी, १७ चैत । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ ।

युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको अन्तराष्ट्यि सन्चारमाध्यमले जनाएका छन् । साथै रुसले मारियोपोलबाट सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह समेत गरेको छ ।

उक्त शहरमा मात्रै ५ हजार सर्वसाधारणको ज्यान गएको अनुमान छ भने हजारौं त्यहाँबाट भागेका छन् ।

दक्षिणी बन्दरगाह शहर भएकाले रुसले सुरूदेखि नै उक्त शहरलाई लक्षित गरी आक्रमण तीब्र बनाएको थियो । रुसले मारियोपोल शहरले घुँडा नटेकेसम्म त्यहाँबाट नहट्ने बताईसकेको छ भने युक्रेनले त्यसो नगर्ने दृढता ब्यक्त गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले रुसी सेनाले युक्रेन युद्धबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई गलत सूचना दिएको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ