युद्धबन्दी रुसी सेनालाई चरम यातना दिएर हत्या गर्ने दुई युक्रेनी सेना रुसी कमाण्डोद्धारा पक्राउ

युद्धबन्दी रुसी सेनालाई चरम यातना दिएर हत्या गर्ने दुई युक्रेनी सेना रुसी कमाण्डोद्धारा पक्राउ

  • मङ्लबार, चैत्र १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 42.9K
    SHARES

चैत्र १५ काठमाण्डौँ । आईतबार नियन्त्रणमा लिईएका दुई रुसी सेनालाई चरम यातना दिएर वर्वरतापूर्ण हत्या गर्ने कार्यमा संलग्न दुई युक्रेनी सेनालाई रुसी कमाण्डोले पक्राउ गरेको छ । विशेष अप्रेसनका क्रममा रुसी कमाण्डोले सो घटनामा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
खारकोभ क्षेत्रमा युद्ध बन्दी बनाईएका दुई रुसी सेनालाई चरम यातना सहित हत्या गरिएको भिडियो भाईरल बनेको थियो ।
भिडियो खिचेरै खुट्टामा गोली हानी उनीहरुलाई थप यातना दिईएको सार्वजनिक भएपछि रुसले अनुसन्धान गर्ने बताएको थियो ।
मृत्यु भएका रुसी सैनिकलाई समेत प्रहार गरिएको थियो । सो कार्यमा संलग्न युक्रेनी सेनालाई रुसले बन्दी बनाएको छ ।

यसैबीच रुस र युक्रेनबीचको चौथो चरणको वार्तामा केही प्रगति भएको छ । टर्कीमा सम्पन्न वार्तामा युक्रेन नेटो सदस्य नहुने र परमाण हतियार नबनाउने गरी सहमतितिर अघि बढेको बताईएको छ । वार्तामा प्रगति भएसँगै रुसले किभ र चेर्निहिबबाट आफ्नो सेना पछि हटाउन शुरु गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ