चैत्र ८ काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले नेटो देशलाई चेतावनी दिएका छन् । पटक पटक सहयोगको याचना गर्दा समेत नो फ्लाई जोन घोषित नगरेको र युद्ध रोक्न असफल भएको भन्दै नेटो सदस्य देशहरुलाई खुलेर रुससँग डर लाग्छ भनेर भन्न चेतावनी दिएका छन् ।
२७ दिन देखि जारी युद्धमा युक्रेनमा संकट चरम अवस्थामा पुगेपछि युक्रेनको एक न्युज च्यानलसँग कुरा गर्दै उनले नेटोले खुलेर रुससँग डर भएको कुरा स्वीकार गर्न अनुरोध गरे ।
अमेरीका र नेटोले आस्वासन मात्र दिएको भन्दै उनी क्रुद्ध हुँदै आएका छन् ।
उनले युद्ध रोक्न आफू जुनसुकै शर्तमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसँग वार्ता गर्न तयार रहेको पनि बताएका छन् । पछिल्लो समय रुस र युक्रेनबीचको बार्ता अवरुद्ध भएका बेला उनको यो आग्रह आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline