एजेन्सी चैत्र ८ । रुसले युक्रेन युद्धको बिषयलाई लिएर फेसबुकले रुस र राष्ट्रपति भ्लादीमीर पुटिन बिरुद्ध हिंशाको अपील गरेको भन्दै यसमाथि प्रतिवन्ध लगाएको छ ।
अब रुसभित्र कुनै पनि नागरिकले फेसबुक खोल्न सक्ने छैनन् । रुसी अदालतले फेसबुकको कम्पनी मेटा बिरुद्ध आतंकवादी कानुन अन्तर्गत यो फैसला गरेको हो । फेसबुकले फैसला तत्काल नगर्न माग गरेपनि रुसले यो कदम चालेको हो ।
यसै गरी र्ईन्सटाग्रामलाई पनि सोही श्रेणीमा राखेर रुसले प्रतिवन्ध लगाएको छ । अब रुसमा ईन्स्टाग्राम पनि चलाउन प्रतिवन्ध लागेको छ ।
रुसले फेसबुकलाई अतिवादी संगठनको रुपमा यस अघि घोषित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline