रुसले फेरी प्रहार गर्यो हाईपरसोनिक मिसाईल, एक सय बढी युक्रेनी सेना र विदेशी सेनाको मृत्यु भएको दाबी

रुसले फेरी प्रहार गर्यो हाईपरसोनिक मिसाईल, एक सय बढी युक्रेनी सेना र विदेशी सेनाको मृत्यु भएको दाबी

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 28.3K
    SHARES

एजेन्सी चैत्र ६ । रुसले युक्रेनमा पुनः अर्को हाईपरसोनिक मिसाईल प्रहार गरेको छ । यस अघिकै जस्तो तीव्र गतिको यो शक्तिशाली मिसाईलले उत्तरी युक्रेनको ज्योतोमार क्षेत्रमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । सो आक्रमणमा एक सय बढी रुसी बिशेष सेना र विदेशी सेना मारिएको दाबी गरेको छ । युक्रेनमा करीब २० हजार विदेशी नागरिक सेनामा सामेल भएर रुस विरुद्ध लड्दै आएका छन् ।

यो हमलापछि ठूलो संख्यामा विदेशी सेनाको दस्ता पोल्याण्डतिर भागेको रिपोर्ट प्राप्त भएको रुसको दाबी छ ।
युक्रेनमा रहेका सबै सैन्य अखडा र विदेशी लडाकु प्रशिक्षण शिविर र लोकेसन पत्ता लागिसकेको भन्दै रुसले त्यस्ता केन्द्रलाई लक्षित गरेर थप आक्रमण गर्ने चेतावनी दिएको छ ।
२५ दिन देखि जारी युद्धमा हजारौँ सेना, ८५० बढी सर्वसाधारणको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ