रुस युक्रेन युद्ध चर्किदै, अमेरीकाले युक्रेनलाई थप क्षेप्यास्त्र पठाउने, हजारौँ नागरिक रुस तर्फ पलायन !

रुस युक्रेन युद्ध चर्किदै, अमेरीकाले युक्रेनलाई थप क्षेप्यास्त्र पठाउने, हजारौँ नागरिक रुस तर्फ पलायन !

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी चैत्र ६ । रुस र युक्रेनबीच चार हप्तादेखि जारी युद्ध अझै चर्कने संभावना बढेको छ । यस युद्धमा अहिले सम्म दुबै देशका हजारौँ सेनाको मृत्यु भएको छ भने ८ सय हाराहारी नागरिकको पनि मृत्यु भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
रुसी हमलाको प्रतिरोध गर्न अमेरीका सहित नेटो सदस्य राष्ट्रहरुले घातक हतियार उपलव्ध गराँउदै आएका छन् । अमेरीकाले जेभलिन र स्ट्रीगंर जस्ता क्षेप्यास्त्र ठूलो परिणामा दिएको छ । जसले रुसी सेनाको हवाई साधन र टैंक नष्ट पार्न प्रयोग गरिदैछ ।
छिट्टै अमेरीकाले थप त्यस्ता हतियार उपलव्ध गराउने तयारी गरेको समाचार छ । पश्चिमाहरुको ड्रोन, क्षेप्यास्त्र जस्ता घातक हतियार प्रयोग हुन थालेपछि रुसले पनि हाईपर सोनिक क्षेप्यास्त्र हानेको छ । पश्चिम युक्रेनको सैन्य ब्यारेकहरुमा हानिएको क्षेप्यास्त्र विष्फोटमा दर्जनौँ युक्रेनी सेनाको मृत्यु हुनाका साथै ठूलो परिणाममा हतियार नष्ट भएको बताईएको छ ।
यता भीषण जनधनको क्षति भएको मारियुपोल शहरबाट हजारौँ नागरिक रुसी सेनाको सहयोगमा रुस तर्फ पुगेका छन् । युक्रेनले जबसजस्ती युक्रेनी नागरिक रुस लगिएको भनिए पनि रुसले स्वेच्छाले ठूलो संख्यामा नागरिकहरु रुसमा आएको बताएको छ । अझै युक्रेनको २७ लाख नागरिक रुसतर्फ आउने ईच्छा व्यक्त गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ