एजेन्सी चैत्र ५ । युक्रेनमा आक्रमण गरेको २४ आँै दिनमा रुसले अत्याधुनिक विनाशक हतियार हाईपरसोनिक मिसाईल पहिलो पटक प्रहार गरेको छ । अहिले सम्म ठूला घातक हतियार प्रहार नगरेको रुसले शुक्रबार राति पश्चिम युक्रेनको सैन्य अड्डामा यो मिसाईल मिग ३१ युद्धक बिमानबाट प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
यस प्रहारबाट अड्डामा सुरुगं भित्र राखिएको ठूलो परिणामका हतियार नष्ट हुनुका साथै दर्जनौँ युक्रेनी सेनाको मृत्यु भएको छ ।
यो सतह तथा हावा दुबै तिरबाट मार हान्न सकिने र आवाज भन्दा दश गुणा तेज गतिमा सटिन निशाना भेद गर्न सक्ने अत्याधुनिक हतियार प्रणाली हो । जसलाई राडारले समेत पत्ता लगाउन मुस्किल पर्ने गर्दछ । यसको नाम किन्जार हाईपरसोनिक मिसाईल हो । यो नेटो सदस्य रोमानीयाको ५० किलो मिटर नजिक प्रहार गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline