रुससँग वार्ता गर्न र नाकाबन्दी हटाउन चीनीया राष्ट्रपतिको आग्रह, रुसलाई सहयोग नगर्न र ताईवानबाट टाढा रहन बाईडेनको चेतावनी

रुससँग वार्ता गर्न र नाकाबन्दी हटाउन चीनीया राष्ट्रपतिको आग्रह, रुसलाई सहयोग नगर्न र ताईवानबाट टाढा रहन बाईडेनको चेतावनी

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी चैत्र ५ । रुस युक्रेन युद्ध जारी रहेका बेला अमेरीकी राष्ट्रपति जो बाईडेन र चीनीया राष्ट्रपति सि जिन पिगं बीच दुई घण्टा लामो भिडियो वार्ता भएको छ । गएराति भएको वार्तामा चीनीया राष्ट्रपति सि जिन पिगंले अमेरीका र नेटोले सिधै रुससँग वार्ता गर्नु पर्ने, विभेदपूर्ण नाकाबन्दी र प्रतिवन्ध हटाउन आग्रह गरे ।

तर बाईडेनले रुसमाथि प्रतिवन्धको अवधिमा सहयोग नगर्न र ताईवानबाट टाढा रहन सिलाई चेतावनी दिए ।
सि ले वार्ताबाट मात्रै युक्रेन संटक समाधान हुने भन्दै रुसमाथिको नाकाबन्दी र प्रतिवन्धको बिरोधमा चीन रहेको स्पष्ट पारेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

बाईडेनले अमेरीकाले अहिले नयाँ शीत युद्ध नचाहेको, चीनको सिस्टम फेर्न नखोजेको भन्दै ताईवानबाट टाढा रहने भनेका थिए । त्यसपछि सि ले चीन बिरुद्ध बन्दै गरेका मोर्चाबन्दी, ताईवानका पृथकतावादी समुहलाई भईरहेको सहयोग र अभिव्यक्तिलाई गंभीरतापूर्वक आफूले लिईरहेको बताएका थिए ।
यो वार्ता हुनु अघि मात्रै चीनले अमेरीकी दबाब र धम्कीसँग नडराउने चेतावनी जारी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ