युक्रेन युद्ध रोक्न पुटिनका चार शर्तः युक्रेन नेटो सदस्य बन्न नहुने, तठस्त राष्ट्र बन्नु पर्ने, रुसीभाषी नागरिकमाथिको अत्याचार बन्द हुनु पर्ने

युक्रेन युद्ध रोक्न पुटिनका चार शर्तः युक्रेन नेटो सदस्य बन्न नहुने, तठस्त राष्ट्र बन्नु पर्ने, रुसीभाषी नागरिकमाथिको अत्याचार बन्द हुनु पर्ने

  • शुक्रबार, चैत्र ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

एजेन्सी चैत्र ४ । युक्रेनमा जारी चार हप्ता लामो युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले चार शर्त अघि सारेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयेप अर्दोआनसँग टेलिफोनमा भएको कुराकानीमा पुटिनले युक्रेन तठस्त राष्ट्र बन्नु पर्ने, नेटो सदस्य बन्न नहुने, रुसीभाषी नागरिकमाथि दमन गर्न नहुने, युक्रेनको निशस्त्रिकरणको प्रकृया शुरु हुनु पर्ने शर्त दोहोर्याएका छन् ।

युक्रेनको पूर्वी क्षेत्र डोनबासमा ८ बर्षमा १४ हजार रुसीभाषी नागरिकको युक्रेनले नरसंहार गरेको रुसले बताउदै आएको छ । यही कारण सो क्षेत्रको ६० लाख भन्दा बढी जनसंख्या रहेको लुहान्सक र डोनेत्सकलाई रुसले स्वतन्त्र राज्य घोषणा गर्दै विशेष सैन्य अभियान चलाउने घोषणा गरेर आक्रमण शुरु गरेको थियो ।
त्यही बेला क्रिमियामा रहेका रुसीभाषी नागरिकले बिद्रोह गरेर जनमत संग्रह मार्फत रुसमा बिलय हुने निर्णय गरेका थिए । हाल क्रिमिया रुसको अंग बनिसकेको छ ।
त्यसपछि रुसीभाषी नागरिकमाथि पूर्वी क्षेत्रमा युक्रेनले चरम दमन गरेको र अहिलेका राष्ट्रपति जेलेन्सकी स्वयं यहुदी भएको र उनको केही परिवारका सदस्यहरु होलोकाष्टमा मारिएको बताईन्छ ।
यी शर्तहरुको परिपरि रहेर रुस युक्रेनबीच शान्ति सम्झौता हुन सक्ने आंकलन शुरु भएको छ । दुबै देशबीच चार चरणमा वार्ता भईसकेको छ ।
चीन, टर्की लगायतका देशहरु वार्ताको वातावरण बनाउन लागि परेका छन् ।
रुसले यो सैन्य अभियानको उदेश्य युक्रेनमाथि कब्जा गर्नु नभएको र असैन्यकरण गर्नु मात्र रहेको बताउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी