पुटिनको कडा चेतावनी : अब पश्चिमा साम्राज्यवादीहरुको विश्वव्यापी आर्थिक र राजनीतिक प्रभुत्वको युग समाप्त भयो

पुटिनको कडा चेतावनी : अब पश्चिमा साम्राज्यवादीहरुको विश्वव्यापी आर्थिक र राजनीतिक प्रभुत्वको युग समाप्त भयो

  • बिहिबार, चैत्र ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.3K
    SHARES

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अब पश्चिमा साम्राज्यवादी शक्तिहरुको विश्वव्यापी आर्थिक र राजनीतिक प्रभुत्वको युग अन्त्य भएको बताएका छन् ।
उनले रुसका क्षेत्रीय प्रमुखहरुसँगको बिशेष बैठकलाई संवोधन गर्दै पश्चिमाहरुको तथाकथित लोककल्याणकारी राज्य र गोल्डेन विलिनियरको झुट्टो नारा ध्वस्त भएको टिप्पणी गरे ।

युक्रेनमा चलिरहेको बिशेष सैन्य अभियानपछिको आफूमाथि लागेको प्रतिवन्धको बिरोध गर्दै आएका पुटिनले यसले पश्चिमाहरुको विश्वव्यापी नियन्त्रणको युग राजनीतिक र आर्थिक दुबै रुपमा सकिएको बताए । पश्चिमाहरु आफ्नो प्रभुत्व कायम राख्ने महत्वकांक्षाका लागि विश्व भरका जनताहरुले मुल्य तिरिरहनु परेको उनको तर्क छ । उनले युरोप र अमेरीकाले प्रतिवन्ध लगाँउदा रुसको करीब ३०० अर्ब डलर रकम फ्रिज भएको बिषयलाई पनि प्रतिकृया दिँदै भने, यो पश्चिमाहरुको सामान्यतया भन्दा चोरी नै हो , भने ।

उनले पश्चिमा देशका नागरिकहरुलाई संवोधन गर्दै तिनका सरकारहरुले झुटको साम्राज्य फैलाईरहेको र महंगीको मारमा पारेको बताए । पश्चिमा देशहरुलाई झुटहरुको साम्राज्यको संज्ञा दिँदै उनले जुनसुकै अवस्थामा पनि रुसले आफ्नो विश्वव्यापी उपस्थिति कायम राख्ने बताए ।
पश्चिमाहरुको उक्साहटमा युक्रेनलाई रुस विरोधी शक्तिका रुसमा उभ्याउन खोजेको, युक्रेनले डोनबासमा १४ हजार नागरिकको नरसंहार गरेको कुरालाई पश्चिमाहरुले नजरअन्दाज गरेको भन्दै पुटिनले आक्रोश पोखे । उनले युक्रेनमा शुरु भएको सैन्य अप्रेसन योजना अनुसार चलिरहेको र यो आफ्नो लक्ष्य हासिल भएपछि समाप्त हुने बताए ।

नाकाबन्दी चिर्न रुसी अर्थतन्त्रबारे पुटिनः
हाम्रो सम्पत्ति फ्रिज गरेर पश्चिमाहरुले चोरी गरेका छन् ।
रुसी अर्थतन्त्रले नयाँ वास्तविकतालाई लागू गर्दछ ।
रुसले सामाजिक भुक्तानी प्रणाली, राज्यका कर्मचारीहरुको भुक्तानी,नागकिहरुको पेन्सन, न्युनतम ज्याला र जीवनस्तरलाई कायम राख्ने छ ।
अर्थतन्त्र सुदृढ गर्न गभर्नरहरुको सृजनात्मक कार्यका लागि अधिकार बढाईनेछ ।
रुसी केन्द्रीय बैंकले पैसा छाप्नु पर्दैन, रुससँग पर्याप्त राजस्व बजेट रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ