युक्रेन पुगेर जेलेन्सकीलाई भेटे तीन देशका प्रधानमन्त्रीले, रुससँग वार्ताबाट समस्या समाधान गर्न सुझाव

युक्रेन पुगेर जेलेन्सकीलाई भेटे तीन देशका प्रधानमन्त्रीले, रुससँग वार्ताबाट समस्या समाधान गर्न सुझाव

  • बुधबार, चैत्र २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी चैत्र २ । युक्रेनमा रुसको आक्रमण जारी रहेका बेला तीन छिमेकी देशका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् ।
युक्रेनका छिमेकी देशहरु पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेल मार्फत किभ पुगेका हुन । किभ पुगेका उनीहरुले मंगलबार राती युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटेर रुस विरुद्धको लडाईमा युक्रेनको पक्षमा रहेको जनाउदै वार्ताबाट समस्या समाधानमा जोड दिएका छन् ।
पोल्याण्डका प्रधानमन्त्री मातेउज मोराविकीले युक्रेनको पराजय सिंगो युरोपको पराजय हुने भन्दै आफूहरु जेलेन्स्कीको साथमा रहेको बताए ।
जेलेन्स्कीले पनि तीन छिमेकी देशका प्रधानमन्त्रीको किएभसम्मका यात्रा युक्रेनका लागि शक्तिशाली प्रदर्शन भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्दै गएको बताएका छन् । चौथो चरणको वार्ताको विषयमा सामाजिक सञ्जालमार्फत उनले वार्ता यथार्थपरक बन्दै गएपनि निकाशका लागि भने समय लाग्ने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ