युक्रेनको सेनाले पनि क्षेप्यास्त्र हान्दा युक्रेनकै २० सर्वसाधारणको मृत्यु

युक्रेनको सेनाले पनि क्षेप्यास्त्र हान्दा युक्रेनकै २० सर्वसाधारणको मृत्यु

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

फागुण ३० एजेन्सी । रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला युक्रेनको सेनाले प्रहार गरेको क्षेप्यास्त्र डोनेत्सक शहरको एक ईलाकामा खस्दा बस, गाडीमा यात्रा गरीरहेका र सडकमा हिँडिरहेका ती मानिसको मृत्यु भएको सो क्षेत्रका विद्रोही नेताले बताए ।
टोचका यु नामक मिसाईललाई ईन्टरसेप्ट गरिए पनि त्यसको केही पार्ट खसेर विष्फोट हुँदा अन्य २८ जना नागरिक घाईते भएको पनि विद्रोही समुहको दाबी छ ।
सो क्षेत्रका रुसी समर्थक विद्रोहीले युक्रेन सरकार बिरुद्ध संघर्ष गर्दै आएको छ ।
सन् २०१४ मा सत्ता परिवर्तनपछि सो क्षेत्रमा बिद्रोह भएको थियो । त्यस क्रममा १४ हजार मानिसको मृत्यु भएको थियो ।
यस अघि मारियुपोल लगायतका शहरीमा रुसी हमलामा थुप्रै सर्वसाधारणको मृत्यु भएको थियो ।
यही विद्रोही समुह नियन्त्रित क्षेत्रलाई रुसले दुई अलग राज्यको मान्यता दिँदै रुसले युक्रेनको असैन्यकरण र नवनाजीवाद रोक्न भन्दै फेब्रुअरी २४ देखि बिशेष सैन्य अप्रेसनका नाममा आक्रमण शुरु गरेको थियो ।
अहिले युद्ध १९ औँ दिन सम्म पनि जारी रहँदा हजारौँ नागरिकको ज्यान गईसकेको छ भने हजारौँ सैन्य तथा गैर सैन्य संरचनाहरु ध्वस्त भएका छन् ।
दुबै देशबीच पटक पटक वार्ता भए पनि अझै कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ