एजेन्सी फागुण ३० । अमेरीकी खुफिया एजेन्सीले रुसले युक्रेनसँग युद्धका क्रममा चीनसँग हतियार र अन्य सहयोग मागेको दाबी गरेको छ । तर चीनले उक्त समाचारको खण्डन गरेको छ ।
पश्चिमा सञ्चार माध्यमहरुले अमेरीकी गुप्तचर स्रोतलाई हवाला दिएर पश्चिमाहरुको नाकाबन्दीका कारण चीनसँग विभिन्न सप्लाईका लागि सहयोग मागेको भनि समाचार छापिएको छ ।
अमेरीकी स्थित चीनीया दुतावासका प्रवक्ता लिउ पेग्युले रुसबाट त्यस्तो प्रस्ताव आएको दावीको खण्डन गरेका छन् ।
अमेरीका र बेलायती अखबारहरुले चीनलार्ई शुरु देखि नै सैन्य उपकरण र आर्थिक सहायता रुसले मागेको र चीनले त्यो सहयोग गर्न सक्ने दाबी सहितको समाचार लेखेका छन् ।
युक्रेनमा रुसले आक्रमण गरेको तेस्रो साता पुग्न लाग्दा भीषण युद्ध जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline