रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप २ सय मिलियन डलरकोको सैन्य सहायता दिने, ध्वस्त पार्ने रुसको चेतावनी

रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप २ सय मिलियन डलरकोको सैन्य सहायता दिने, ध्वस्त पार्ने रुसको चेतावनी

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

एजेन्सी फागुण २९ । रुस बिरुद्ध लडिरहेको युक्रेनलाई २ सय मिलियन डलर बराबरको सैन्य सहायता दिने अमेरीकाले घोषणा गरेको छ । अमेरीकाले सन् २०२१ यता मात्रै १.२ अर्बको हतियार र क्षेप्यास्त्र युक्रेनलाई दिईसकेको छ । अमेरीकाले दिएको जेभलिन क्षेप्यास्त्र युक्रेनी सेनाले प्रयोग गर्दै आएको छ ।
बेलायत लगायत अन्य युरोपेली मुलुकले पनि युक्रेनलाई हतियार र सैन्य सहायता दिएका छन् ।
यसैबीच रुसले हतियारको कार्गो युक्रेनमा आए कार्बाही गर्ने चेतावनी दिएको छ । अमेरीका र नेटोले सैन्य सहायता दिने घोषणापछि रुसले यो प्रतिकृया दिएको हो ।
रुसले युक्रेनमा हमला गरेको १८ औँ दिन चलिरहेको छ । यसबीचमा हजारौँ मानिसको मृत्यु भईसकेको छ भने हजारौँ सैनिक तथा गैरसैनिक संरचना ध्वस्त भएका छन् । २५ लाख बढी मानिसहरु विस्थापित भएर अन्य मुलुकमा पलायन भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ