युक्रेनमा रुसी हमला तीव्र बन्दै, ३४ सय बढी सैन्य संरचना ध्वस्त पारेको रुसको दाबी

युक्रेनमा रुसी हमला तीव्र बन्दै, ३४ सय बढी सैन्य संरचना ध्वस्त पारेको रुसको दाबी

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

एजेन्सी फागुण २८ । रुसले युक्रेनमा आक्रमण शुरु गरेको १७ औँ दिनमा युद्ध तीव्र बनाएको छ ।
यस क्रममा दर्जनौँ शहरहरु रुसी सेनाले कब्जा गरेको छ । राजधानी किभ नजिक पुगिसकेको रुसी फौजले मेरियापोलमा बम बर्षाउदा ठूलो संख्यामा नागरिकहरुको हताहती भएको बताईएको छ ।
युद्धको त्रासदीका कारण २५ लाख बढी नागरिकहरु विस्थापित भएर पोल्याण्ड सहित युरोपका विभिन्न देशमा पुगिसकेका छन् । यो क्रम अझै जारी छ ।
यसैबीच रुसी रक्षा मन्त्रालयले एक विज्ञपित जारी गरी युक्रेनमा बिशेष सैन्य अभियानका क्रममा ३४९१ सैन्य संरचना ध्वस्त पारिएको दाबी गरेको छ । विज्ञप्तिका अनुसार १२३ युक्रेनी एरियल भेईकल, ११२७ टैंक सहित एन्टी एयर क्राफ्ट सिस्टम , राडार स्टेसन लगायतलाई ध्वस्त बनाईएको छ ।
यस क्रममा हजारौँ सेनाको मृत्यु भएको आंकलन गरिए पनि दुबै देशले आ आफ्नो सेनामा कति क्षति भएको एकीन गरेका छैनन् ।
रुसी सेनाले पछिल्लो समय आक्रमण तीव्र पार्नुका साथै किभलाई नजिकबाट तीन तिरबाट घेरा हालेको छ । किभमा युक्रेनले पनि किल्लाहरु बनाउदै रुसी सेनाको प्रतिरोध गरीरहेको छ । यो युद्ध अझै केही दिन लम्विन सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ