एजेन्सी फागुण २४ । रुस र युक्रेनबीच युद्ध शुरु भएको १३ दिन पुगेको छ । यसबीचमा एकातिर भीषण युद्ध जारी छ । जसमा हजारौँ सेना तथा नागरिकको ज्यान गएको छ । संयौँ संरचनाहरु र साधनहरु ध्वस्त भएका छन् ।
यस बीचमा रुस र युक्रेनबीच तीन पटक वार्ता भएको छ तर सफल हुन सकेको छैन । उनीहरुबीच बेलारुसमा भएको वार्तालाई जारी राख्ने सहमति भने भएको छ । मार्च १० मा टर्कीमा रुस र युक्रेनका बिदेशमन्त्रीबीच भेटवार्ता हुन सक्ने बताईएको छ ।
यसबीच पनि युद्ध भने रोकिएको छैन । केही शहरमा नागरिकहरुलाई सहज रुपमा निस्कन दिन अस्थायी युद्ध बिराम भए पनि अन्य शहरमा युद्ध भीषण छ ।
यो युद्धले एकातिर संसारभर तेल ग्यासको मुल्यमा भारी वृद्धि भएको छ ।
अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य १४ वर्षपछिकै धेरै १३० डलर पुग्ने प्रक्षेपण गरिएको छ । खास गरी अमेरीका र पश्चिमा देशहरुले रुसलाई प्रतिवन्ध लगाएपछि यो स्थिति बनेको हो ।
संसारभरबाट यो युद्ध रोक्नका लागि दबाब बढीरहे पनि दुबै देश आ आफ्नो अडानमा कायम रहेकाले युद्ध थामिएको छैन ।