युक्रेनबाट ५३३ नेपालीको उद्धार गरियो : सरकार

युक्रेनबाट ५३३ नेपालीको उद्धार गरियो : सरकार

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं फागुण २३ । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा निकालिएको दाबी गरेका छन्। सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरिएको बताए ।
उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको सरकोले सूचित गरेको छ ।

जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतमार्फत युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको भन्दै विश्व शान्ति खलबलिने भएकाले यसो गरिएको बताए ।
यसो गर्दैमा नेपाल अर्को गुटमा लागेको अर्थ लगाउन नहुने उनले जिकिर गरे ।

सरकारले इ–पासपोर्ट लागू गरेको, ७७ जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरण कार्यको सुरुवात भएको मन्त्री खड्काको भनाई छ ।
यस्तै, चीन संघको तातोपानी नाका खोल्नका लागि चिनियाँ राजदूत, चिनियाँ विदेशमन्त्री लगायतसँग छलफल गरेको र त्यसका लागि प्रयास गरिरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी