रुस युक्रेन युद्धको त्रासदीः यूरोपमा दोस्रो विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट, युक्रेनबाट बाहिरिए १५ लाख बढी नागरिक

रुस युक्रेन युद्धको त्रासदीः यूरोपमा दोस्रो विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट, युक्रेनबाट बाहिरिए १५ लाख बढी नागरिक

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

एजेन्सी फागुण २३ । रुसले युक्रेनमा आक्रमण गरेको १२ दिन पुगेको छ । यही अवधिमा हजारौँ सेना र सर्वसाधारणको ज्यान गईसकेको छ । युक्रेनको सैनिक तथा गैर सैनिक हजारौँ संरचनाहरु ध्वस्त भएको छ ।
यही बीचमा युद्धका कारण सँंयौ सर्वसाधारणले ज्यान गुमाएका छन् । सुरक्षाको खोजीमा युक्रेनबाट हाल सम्म १५ लाख बढी मानिस बाहिरिएको सँयुक्त राष्ट्रसंघले जनाएको छ । यूरोपमा दोस्रो विश्व युद्धपछिकै ठूलो शरणार्थी संकट पैदा भएको चिन्ता राष्ट्रसंघले गरेको छ ।
यी मध्य केही विदेशी नागरिक छन् धने धेरै जसो युक्रेनी नागरिक छन् । पश्चिमा देशहरुले यी शरणार्थीहरुका लागि पोल्याण्ड, रोमानिया जस्ता युरोपेली मुलुकमा वस्ने खाने अस्थायी प्रवन्ध गरेका छन् ।
युद्ध अझै जारी रहेकाले शरणार्थी संकट अझै बढ्न सक्ने अनुमान गरिएको छ । युद्ध रोक्न चौतर्फी दबाब बढेपनि युद्धरत देशहरु सहमतिमा पुगिसकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ