युक्रेनको २२०३ सैन्य संरचना, ९० लडाकु विमान सहित हवाई रक्षा प्रणाली ध्वस्त पारिएको रुसको दाबी

युक्रेनको २२०३ सैन्य संरचना, ९० लडाकु विमान सहित हवाई रक्षा प्रणाली ध्वस्त पारिएको रुसको दाबी

  • आइतवार, फाल्गुन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

एजेन्सी फागुण २२ । रुस र युक्रेनबीच युद्ध शुरु भएको ११ औँ दिन सम्ममा यस अप्रेसनमा युक्रेनको २२०३ सैन्य संरचना, ९० लडाकु विमान ध्वस्त पारिएको रुसले दाबी गरेको छ ।
रुसको रक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
वितेको २४ घण्टामा मात्रै रुसी डिफेन्स सिस्टम र लडाकु विमानले युक्रेनको दश लडाकु विमान र हेलिकप्टर नष्ट पारेको रक्षा मन्त्रालयका प्रवक्ता कोनासेन्कोभले बताए ।
ती मध्य ६९ लडाकु विमानलाई सैन्य हवाई अड्डामै नष्ट पारिएको, एन्टी एयरक्राफ्ट सिस्टम, राडार पनि नष्ट पारिएको रुसको दाबी छ ।
यसै गरी ७७८ टैंक, ७७ वटा रकेट सिस्टम, २७९ आर्टिलरी मोर्टार, ५५३ सैन्य बाहन, ६२ वटा ड्रोन ध्वस्त पारिएको रुसको दाबी छ ।
यसबीचमा आफ्नो तर्फको क्षति रुसले सार्वजनिक गरेको छैन ।
साथै रुसी रक्षा मन्त्रालयले नागरिक संरचनालाई कुनै क्षति नपुरयाईएको भन्दै युक्रेनले मानवढाल बनाईरहेको दाबी गरेको छ । रुसले युक्रेनको असैन्यकरण र नवनाजीवादलाई रोक्न मात्र अप्रेसन चलाईरहेको बताएको छ ।
युक्रेनले पनि थुप्रै रुसी लडाकु विमान र हेलिकप्टर, टैंक, सैन्य बाहन नष्ट पार्नुका साथै ११ हजार रुसी सेना मारेको दाबी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ