जेलेन्सकीको ज्यान खतरामा, उद्धार गर्न अमेरीका र बेलायतका संँयौ कमाण्डो स्टयाण्डबाई !

जेलेन्सकीको ज्यान खतरामा, उद्धार गर्न अमेरीका र बेलायतका संँयौ कमाण्डो स्टयाण्डबाई !

  • आइतवार, फाल्गुन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 43.9K
    SHARES

एजेन्सी फागुण २२ । रुससँग लगातारको युद्धका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा खतरा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ गरिएको छ ।
द सनको रिपोर्ट अनुसार अमेरीकी कमाण्डो नेभी सिलको १५० कमाण्डो र बेलायी रोयल एयरफोर्सका ७० कमाण्डोलाई कुनै पनि बेला जेलेन्सकीको उद्धारका लागि स्ट्याण्डबाई राखिएको छ । ती कमाण्डो अहिले लिथुआनीयामा रहेको र कुनै पनि बेला जेलेन्सकीको उद्धारका लागि योजना बुनिरहेको रिपोर्टमा उल्लेख छ ।
जेलेन्सकी यस अघि नै किभ छाडेर भागेको र उनी पोल्याण्डको दुतावासमा लुकेर बसेको युक्रेनका बिपक्षी नेताले आरोप लगाएका थिए । तर यो समाचारको स्वतन्त्र पुष्टी भएको छैन ।
जेलेन्सकीले अमेरीकी संसदहरुसँगको जुम संवादमा आफूलाई जीवित देखेको यो अन्तिम पटक हुन सक्छ भन्दै फाइटर जेट र हतियार दिन माग गरेका थिए ।
उनले अमेरीका र नेटोलाई युक्रेनमा नो फ्लाई जोन लागू गर्न माग गर्दै आएपनि नेटो र अमेरीकाले सो कुरा अस्वीकार गर्दै आएका छन् ।
अमेरीकी गुप्तचर एजेन्सी सिआईएले रुसी सेनाले जेलेन्सकीलाई पक्राउ गर्ने वा हत्या गर्ने संभावना रहेको भन्दै उनको उद्धार गर्ने बचन दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ