रुसद्धारा युक्रेनको दुई शहरमा युद्धबिरामको घोषणा, सर्वसाधारणलाई निस्कन दिने

रुसद्धारा युक्रेनको दुई शहरमा युद्धबिरामको घोषणा, सर्वसाधारणलाई निस्कन दिने

  • शनिबार, फाल्गुन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

एजेन्सी फागुण २१ । युक्रेनमा हमला गरेको १० औँ दिनमा रुसले एकतर्फी युद्ध बिरामको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले युद्ध बिरामको घोषणा गरेको हो । विदेशी नागरिक सहित सुरक्षित स्थानमा जान चाहने युक्रेनी नागरिकका लागि सहजता बनाउन यो घोषणा गरिएको रुसी अधिकारीहरुले बताएका छन् ।  मारीउपुल र भोल्दोभाकाबाट सर्वसाधारणलाई निस्कन दिन सहज पार्न युद्ध बिराम गरिएको जनाईएको छ ।  यी दुई शहरमा युद्ध बिराम हुने भनिएको छ भने अन्य शहरका बारेमा केही उल्लेख गरिएको छैन ।
यस युद्धका क्रममा दुबै देशका हजारौँ सेना र सर्वसाधारणको मृत्यु भएको छ भने १२ लाख बढी नागरिकले युक्रेन छाडेका छन् ।
सैनिक तथा गैर सैनिक थुप्रै संरचनाहरु पनि युद्धमा ध्वस्त भएका छन् । दुबै देशबीच भएको दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई निकाल्न बाटो खोल्ने सहमति भए पनि लागू नभएको बेला रुसले यो फैसला गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ