अमेरीकाले ताईवान बहानामा युद्धमा होम्न सक्ने खतरा देखेपछि चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

अमेरीकाले ताईवान बहानामा युद्धमा होम्न सक्ने खतरा देखेपछि चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

  • शनिबार, फाल्गुन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी फागुण २१ । चीनले आफ्नो रक्षा बजेटमा ७.१ प्रतिशत बृद्धिको घोषणा गरेको छ । चीनले घोषित रुपमै प्रशान्त क्षेत्रमा अमेरीका समेत कँयौ देशहरुले नियम पालना नगरेको र सुरक्षा खतरा पैदा गरेको भन्दै रक्षा बजेट बढाएको घोषणा गरेको हो ।
यो वृद्धिपछि चीनको औपचारीक रक्षा खर्च २२९ अर्ब अमेरीकी डलर पुगेको छ । यो अमेरीकापछि विश्वको दोस्रो ठूलो रक्षा बजेट हो । अमेरीकाको ७५० अर्ब डलर बढीको रक्षा खर्चछ ।
चीनको सेना विश्वको सबै भन्दा धेरै जनशक्ति भएको सेना हो जोसँग २२ लाख बढी सेना छ । साथै चीनको समुन्द्री सेना ( नेभी ) विश्वकै सबै भन्दा ठूलो छ ।
चीनको यो रक्षा बजेट यस्तो समयमा वृद्धिको घोषणा गरिएको छ जतिखेर चीनले ताईवानमा हमला गर्न सक्ने भन्दै अमेरीकी अधिकारीहरुले चेतावनी दिईरहेका छन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरीका त्यस युद्धमा होमिएमा चीनले ताईवान कब्जा गर्न सक्ने यस अघि पन गुप्तचरहरुले अनुमान गर्दै आएका थिए ।
यता भारत पनि लद्धाख सहित सीमा क्षेत्रमा चीनले गतिविधि बढाउन सक्ने भन्दै सतर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ