रुस युक्रेन युद्ध थप भीषण बन्दै, अमेरिकाले युक्रेनलाई दियो थप २ सय क्षेप्यास्त्र

रुस युक्रेन युद्ध थप भीषण बन्दै, अमेरिकाले युक्रेनलाई दियो थप २ सय क्षेप्यास्त्र

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी फागुण १९ । युक्रेनले डोनबास क्षेत्रका रुसी भाषी नागरिकमाथि नाजीवादी तरीकाले दमन गरेको भन्दै सो क्षेत्रलाई अलग अलग राज्यको मान्यता दिएर सैन्य अभियान घोषणा गरेको रुसको आक्रमण आठाँै दिन पनि जारी छ ।

अपेक्षाकृत रुसी वायुसेनाले कम हमला गरेको भए पनि स्थलगत सेनाले रुसका विभिन्न शहर कब्जा गर्दै राजधानी किभलाई घेरा हालेको छ । रुसले हवाई क्षेत्रबाट युक्रेनको राजधानी किभको रेलवे स्टेसन ध्वस्त पारेको छ । खेरसन शहरलाई हिजो नियन्त्रणमा लिएको छ भने खारकिव र राजधानी किभमा भीषण युद्ध जारी छ ।

लाखौँ मानिसहरु बम सेल्टरमा बसेर सुरक्षित बनिरहेका बेला पनि करीब ७ सय बढी सर्वसाधारण नागरिकको मृत्यु भईसकेको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसै गरी १० लाख नागरिक युक्रेन छाडेर पोल्याण्ड, रुमानिया लगायतका देशमा विस्थापित बनेका छन् ।

रुसले अब खारकिव र किभलाई नियन्त्रणमा लिन वारपारको लँडाई छेडेको र युद्ध अझै भीषण हुन सक्ने बिज्ञहरुले चेतावनी दिएका छन् । किभमा रहेका नागरिकहरुलाई घरमा नबस्न र सेल्टरमा बस्न वा सुरक्षित स्थानमा जान रुसी सेनाले चेतावनी दिएको छ ।
यसैबीच, रुस बिरुद्धको युद्धमा अमेरीकाले युद्ध शुरु भएपछि २ सय क्षेप्यास्त्र पठाएको खुलेको छ । अमेरीकी सञ्चार माध्यमहरुको दाबी अनुसार एन्टी एयरक्राफ्ट र एन्टी टैंक मिसाईल युक्रेनमा लगातार पठाईएको छ ।
त्यस्तै अन्य युरोपेली देशले पनि युक्रेनलाई हतियार र युद्धसामाग्री पठाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ