अहिले सम्म युक्रेन युद्धमा ४९८ रुसी सेना मारिएको स्वीकार, युक्रेनको २८७० सेना मारिए

अहिले सम्म युक्रेन युद्धमा ४९८ रुसी सेना मारिएको स्वीकार, युक्रेनको २८७० सेना मारिए

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी फागुण १९ । विगत एक सातामा युक्रेनमा जारी सैन्य अभियानका क्रममा आफ्नो ४९८ सेना मारिएको रुसले स्वीकार गरेको छ । साथै १५७० सैनिक अभियानको क्रममा घाईते भएको रुसी रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।
यसै गरी युक्रेनका २८७० सैनिक मारिएको र ३७ सय घाईते भएको रुसको दाबी छ । साथै ५७२ युक्रेनी सेनालाई समातिएको पनि रुसले दाबी गरेको छ ।
उता युक्रेनको दाबी भने फरक छ उसले आफनो मृत्यु भएको सेनाको एकीन संख्या बताएको छैन । तर रुसको ६ हजार सेना मारेको र २ सय कब्जा गरेको दाबी गरेको छ ।
यस युद्धमा सँयौँ सर्वसाधारको पनि मृत्यु भएको छ । रुसले युक्रेनको रणनीतिक महत्वको शहर खेरसन नियन्त्रणमा लिएको छ । अहिले राजधानी किभ र खारकिवमा भीषण हमला गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ