रुस र युक्रेनबीच भीषण युद्ध जारी, दोस्रो चरणको वार्ता पनि हुँदै

रुस र युक्रेनबीच भीषण युद्ध जारी, दोस्रो चरणको वार्ता पनि हुँदै

  • बुधबार, फाल्गुन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी फागुण १८ । डोनबास क्षेत्रमा युक्रेनका शासकले दमन र नरसंहार गरेको भन्दै दुई क्षेत्रलाई अलग राज्यको मान्यता दिएर बिशेष सैन्य अभियान घोषणा गरेको रुसले सातौँ दिन युक्रेनको राजधानी किभ र खारकिभमा आक्रमण तीव्र पारेको छ । लगातार बम बर्षा र गोलाबारी चलिरहेका कारण मानिसहरु ठूलो संकटमा परेका छन् ।
यी भीडन्तहरुमा अहिले सम्म २ हजार सर्वसाधारण मारिएको युक्रेनको दाबी छ । रुसले यस विषयमा केही बताएको छैन । दुबै देशका हजारौँ सेनाको मृत्यु भईसकेको अनुमान गरिएको छ ।
रुसले क्रिमिया छेउको खेरसन शहर आज कब्जा गरेको छ । मेरिपोल पनि कब्जा गरेको बताईएको छ । यी दुई शहर कब्जा रुसले गरेमा युक्रेनको समुन्द्री सम्बन्ध टुट्ने छ ।
खारकिभमा ब्यापक आक्रमण भईरहेको र किभमा पनि बम बर्षा भईरहेको छ ।
आल सम्म यस युद्धका कारण ८ लाख बढी नागरिकहरु विस्थापित भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसैबीच रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता पनि आज हुँदैछ । पहिलो चरणको वार्ता बेलारुसमा भएको थियो भने दोस्रो चरणको वार्ता पोल्याण्डमा हुँदैछ । वार्ताबाटै समस्याको समाधान गर्न रुस र युक्रेनमाथि दबाब बढीरहेको छ ।
अमेरीका र नेटो देशहरुले रुसमाथि प्रतिवन्ध थप्दै युक्रेनलाई हतियार आपुर्ति गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ